Saturday, June 29, 2013

एसिसी ट्रफी सन् २०००

Posted by Unknown  |  at  9:11 PM No comments

एसिसी ट्रफी क्रिकेट सन् २००० प्रतियोगिता नोभेम्वर १५ तारिखदेखि नोभेम्वर २४ सम्म युएईमा सम्पन्न भएको थियो । यो एसिसी ट्रफीको तेश्रो संस्करण थियो। यो प्रतियोगिता हङकङले फाईनलमा नेपाललाई ३ विकेटले हराउँदै जितेको थियो।

एसिसी ट्रफी सन् २००० : संक्षेपमा

आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट :  राउण्ड रोविन + नकआउट
आयोजक : युएई
विजेता : युएई (पहिलो पटक)
सहभागि देश संख्या : ८
जम्मा खेलिएको म्याच संख्या : १५/१५
म्यान अफ द सिरिज : राहुल शर्मा (हङकङ)
सबैभन्दा धेरै रन : राहुल शर्मा ( ३२३ रन, हङकङ)
सबैभन्दा धेरै विकेट : मुहम्मद ताक्विर (११ विकेट, युएई)

सहभागि देशहरु:
  1. हङकङ
  2. जापान
  3. कुवेत
  4. माल्दिभ्स
  5. मलेशिया
  6. नेपाल
  7. सिङ्गापुर
  8. युएई
८ वटा टिमलाई २ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका उत्कृष्ट २ टिम समिफाईनलमा पुगेका थिए।

यस प्रतियोगितामा सहभागि नेपाली टोलीका सदस्यहरु निम्न थिए:
मनेजर : हरुन राशिद

































समूहचरणको नेपालको पहिलो खेल : युएई बिरुद्द

नेपालको समूहचरणको पहिलो खेल सन् २००० नोभेम्वर १५ मा थाईल्याण्ड विरुद्ध थियो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाएर १७९ रनमा अलआउट भएको थियो। नेपाली ईनिङमा गणेश ठकुरीले सर्वाधिक ६८ रन जोडेका थिए। जवाफमा युएईले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोला









समूहचरणको नेपालको दोश्रो खेल : जापान बिरुद्द

नेपालले समूह चरणको दोश्रो खेल १७ नोभेम्वर सन् २००० मा जापानसँग खेलको थियो जसमा नेपाल ७ विकेटले विजयी भएको थियो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रेको जापानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३३ रन बनाउन सकेको थियो। जापानी टोलीमा १३३ मा रोक्ने क्रममा बिनोद दाशले ३ विकेट लिएका थिए। १३४ रनको सामान्य लक्ष्य नेपालले मात्र २०.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो। नेपालका लागि किरण अग्रवालले अविजित ५३ रन बनाएका थिए।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोला










समूहचरणको नेपालको तेश्रो खेल : माल्दिभ्स बिरुद्द

नेपालले समूह चरणको तेश्रो खेल १९ नोभेम्वर सन् २००० मा माल्दिभ्ससँग खेलको थियो जसमा नेपाल ५ विकेटले विजयी भएको थियो। टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफमा नेपालले ५ विकेट  गुमाउँदै ४८.५ ओभरमा लक्ष्य पूरा गरेको थियो। नेपालका लागि किरण अग्रवालले ९१ रन जोडेका थिए भने जय सर्रफले ३ विकेट लिएका थिए।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोला












एसिसी ट्रफीमा पहिलो पटक नेपाल सेमिफाईनलमा : हङकङ बिरुद्द

एसिसी ट्रफीकै ईतिहासमा नेपाल पहिलो पटक सेमिफाईनलमा पुगेको थियो। सेमिफाईनलमा हङकङ बिरुद्द २१ नोभेम्वर सन् २०० मा खेलेको थियो जसमा नेपाल १७९ रनको बिशाल अन्तरले पराजित हुन पुगेको थियो। टस जितेर नेपालले हङकङलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। हङकङले ५० ओभरमा ३ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४ ओभरमा ८९ रन बनाउँदा अलआउट भएको थियो। नेपालका लागि राजु खड्काले सर्वाधिक १८ रन जोडेका थिए।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोला







लेखकको बारेमा

सन्तोष न्यौपाने
मोवाईल : ९८४११४२३०६

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top