Friday, June 28, 2013

एसिसी ट्रफी सन् १९९८

Posted by Unknown  |  at  12:19 PM No comments

एसिसी ट्रफी क्रिकेट सन् १९९८ प्रतियोगिता अक्टोवर ३ तारिखदेखि अक्टोवर १३ सम्म नेपालमा सम्पन्न भएको थियो । यस प्रतियोगिता त्रिभुवन विश्वविद्दालयको मैदान किर्तिपुर, सेन्ट जेभियर्स स्कुल ग्राउण्ड ललितपुरस्थित ईन्जिनियरिङ कलेजको मैदानमा खेलाईएको थियो। यो प्रतियोगिता बंगलादेशले फाईनलमा मलेशियालाई ८ विकेटले हराउँदै जितेको थियो। यो प्रतियोगिताको उपाधि बिजेताको हैसियतले वंगलादेश सन् १९९९ को एसियाकप क्रिकेट प्रतियोगितामा भाग लिन पाएको थियो। एसिया कप १९९९ भारत, श्रिलङ्का र पाकिस्तान र बंगलादेशले खेलेका थिए। बंगलादेशले लगातार दोश्रो पटक यो प्रतियोगिता जितेको थियो। वंगलादेशका लागि यो नै अन्तिम एसिसी ट्रफी थियो किनभने उसले सन् २००० मा टेष्ट मान्यता पाएको थियो।

एसिसी ट्रफी सन् १९९८ : संक्षेपमा

आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट :  राउण्ड रोविन + नकआउट
आयोजक : नेपाल
विजेता : बंगलादेश (दोश्रो पटक)
सहभागि देश संख्या : १०
जम्मा खेलिएको म्याच संख्या : २३
म्यान अफ द सिरिज : अमिनुल ईस्लाम (वंगलादेश)
सबैभन्दा धेरै रन : सायिद अल साफर (२३६ रन, युएई)
सबैभन्दा धेरै विकेट : अमिनुल ईस्लाम (१४ विकेट, वंगलादेश)

सहभागि देशहरु:

  1. बंगलादेश
  2. हङकङ
  3. मलेशिया
  4. जापान
  5. माल्दिभ्स
  6. नेपाल
  7. पपुवा न्यु गिनिया
  8. थाईल्याण्ड
  9. सिङ्गापुर
  10. युएई
१० वटा टिमलाई २ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका उत्कृष्ट २ टिम समिफाईनलमा पुगेका थिए।

यस प्रतियोगितामा सहभागि नेपाली टोलीका सदस्यहरु निम्न थिए:

  1. एल. बि. क्षेत्री (कप्तान)
  2. पवन अग्रवाल
  3. अशोक चौधरी
  4. राजेश चौधरी
  5. दिपेन्द्र चौधरी
  6. राजु खड्का
  7. मुशर्रफ ईजहर
  8. अरुण थापा
  9. कलाम अलि
  10. मोनिर श्रेष्ठ
  11. गणेश बहादुर शाही
  12. जय प्रकाश शरफ
  13. किरण राणा
  14. अक्रम शिद्दिक
मेनेजर: ब्रायन एल. विग्गिन्स
कोच : अरुण अर्याल






































समूहचरणको नेपालको पहिलो खेल : जापान विरुद्द

नेपालको समूहचरणको पहिलो खेल जापान विरुद्ध थियो। पुल्चोक ईन्जिनियरिङ कलेजको मैदानमा तय गरिएको उक्त खेल टस अगावैदेखि बर्षाले प्रभावित हुन पुगेको थियो। अन्तत: खेल हुन नसक्दा नेपाल र जापानले १ - १ अंक बाँडेका थिए।

स्कोरकार्ड छोटकरीमा : पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्










समूहचरणको नेपालको दोश्रो खेल : थाईल्याण्ड बिरुद्द

नेपालको समूहचरणको दोश्रो खेल थाईल्याण्ड विरुद्ध थियो। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्दालयको मैदानमा तय गरिएको उक्त खेल टस अगावैदेखि बर्षाले प्रभावित हुन पुगेको थियो। अन्तत: खेल हुन नसक्दा नेपाल र थाईल्याण्डले १ - १ अंक बाँडेका थिए।

स्कोरकार्ड छोटकरीमा : पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्








समूहचरणको नेपालको तेश्रो खेल : युएई बिरुद्द

नेपालले समूह चरणको तेश्रो खेल ८ अक्टोवर सन् १९९८ मा युएईसँग खेलको थियो जसमा नेपाल ९४ रनले पराजित भएको थियो। युएईले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२२ रन बनाएको थियो। २२३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ३८.१ ओभरमै १२८ रन बनाएर अलआउट भएको थियो।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्










समूहचरणको नेपालको चौथो खेल : हङकङ बिरुद्द

नेपालले समूह चरणको चौथो खेल ९ अक्टोवर सन् १९९८ मा हङकङसँग खेलको थियो जसमा नेपाल ६ विकेटले पराजित भएको थियो। नेपालले ३८ ओभरमा सबै विकेट गुमाएर १५० रन बनाएको थियो। उक्त लक्ष्य हङकङले  ४ विकेट गुमाएर २८.१ ओभरमा पुरा गरेको थियो।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्


लेखकको बारेमा

सन्तोष न्यौपाने
मोवाईल : ९८४११४२३०६

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top