Friday, March 14, 2014

दोश्रो अभ्यास खेलमा पनि नेपाल पराजित

Posted by Unknown  |  at  1:01 PM No comments

२० ओभरको विश्वकप खेल्न बंगलादेश पुगेको नेपाली क्रिकेट टोलीले आज खेलेको आप्नो दोश्रो अभ्यास खेलमा पनि पराजय भोगेको छ। हिजो आफ्नो पहिलो अभ्यास खेलमा आएरल्याण्डसँग ५ विकेटले हार ब्यहोरेको नेपाल आज पुरानो प्रतिद्वन्दि युएईसँग ६ विकेटले पराजित हुन पुग्यो।

टस हारेर ब्याटिङ गर्न आएको नेपाले आज पनि खराब सुरुवात गर्यो। खराब फर्ममा रहेका सागर पुन १ रन बनाएर आउट भए। २.१ ओभरमा टिमको स्कोर ३ रन हुँदा पहिलो ओपनर गुमाएको नेपालको ईनिङ त्यसपछि ब्याटिङमा आएका उपकप्तान ज्ञानेन्द्रको २ चौकाले उकासिएको थियो। तर उनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। चौथो ओभरमा युएईका सिल्भाले उनलाई बोल्ड गरेपछि नेपाली टिम दबाबमा आएको थियो। त्यसपछि आएका कप्तान पारश खड्काले सम्हालिएर ब्याटिङ गर्दै नेपाली ईनिङ अघि बढाए।

टिमको स्कोर ५५ रन पुग्दा नेपालले अर्का ओपनर सुवासलाई गुमायो। उनले ३३ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। त्यसपछि नेपाली ब्याटिङ धरमरायो। तेश्रो विकेट झरेको ४ बलपछि बिनोद भण्डारीका रुपमा नेपालले अर्को विकेट गुमायो। बिनोद ४ बलमा २ रनमात्र बनाएर आउट भएका थिए। त्यसको लगत्तै अर्को बलमा शरद भेषावकर खाता नै नखोली आउट भएपछि नेपाली ईनिङ धरापमा परेको थियो। शरद पछि क्रिजमा आउका बिनोद र पारशले १८ बलको साझेदारी गर्दै  १५ रन जोडे। १६ औं ओभरको अन्तिम बलमा १० बलमा ६ रन बनाएका बिनोद आउट भए भने त्यसको लगत्तै १७ औं ओभरको पहिलो बलमै अहमद राजाले पारशको विकेट झारे।
त्यसपछि मैदानमा छिरेका बसन्त रेग्मीले सत्रौँ ओभरको अन्तिम बलमा नेपाली ईनिङकै पहिलो छक्का प्रहार गरे। तर उनि पनि क्रिजमा धेरै बेर टिक्न सकेनन्, १८.३ ओभरमा युएईका खुरम सहजादले उनलाई बोल्ड गरे। अन्तिम ओभरमा युएईका रोहन मुस्ताफाले सोमपाललाई बोल्ड गरे भने ईनिङको अन्तिम बलमा शक्ति गौचन रन आउट हुँदा नेपाल पुरा २० ओभर खल्दै ९५ रनमा अलआउट भयो।

९६ रनको सामान्य लक्ष्य पाएको युएईले पनि खराब सुरुवात गर्यो। ईनिङको दोश्रो बलमै कप्तान पारश खड्काले युएईका अमजद अलीलाई एलबिडब्ल्यू धरापमा पारे। त्यसपछि आएका युएईका अनुभवि कप्तान खुराम खान र अहमद राजाले युएईको ईनिङलाई सुस्त गतिमा अगाडी बढाए। चौथो ओभरको दोश्रो बलमा तिब्र गतिका बलर सोमपालले अहमदलाई आउट पारे। युएई सम्हालिँदै ब्याटिङ गर्दै थियो। शक्ति गौचनले युएईका कप्तान खुराम खानलाई आठौँ ओभरमा आउट पारे। युएईका ब्याट्सम्यानहरुलाई नेपाली बलरले खुलेर खेल्न दिईरहेका थिएनन् तर लक्ष्य मात्र ९६ रनको थियो। नवौँ र दशौँ ओभरमा युएईले बाउण्ड्री हान्न सकेन।  स्वप्निल पटिलले ४१ बलमा ३३ रनको पारी खेलेपछि युएई जितको नजिक पुगेको थियो।
१८ औं ओभरमा कप्तान पारश खड्कालाई एक चौका र एक छक्का हान्दै युएईका रोहन मुस्ताफाले जित दिलाए।

यसरी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले खराब ब्याटिङ गर्दै बनाएको ९५ रन युएईले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो।  नेपालले टि-२० विश्वकपको पहिलो खेल आईतबार हङकङसँग खेल्नेछ।

Tags:
लेखकको बारेमा

सन्तोष न्यौपाने
मोवाईल : ९८४११४२३०६

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top