सबै लेखहरु

Monday, July 8, 2013

Sri Lanka Cricket Board (SLC) nammed a 18-member primary national Under-23 Cricket squad for the ACC Emerging Teams Cup to be held on 17-26 August in Singapore.

The Emerging Teams Cup is a one day tournament which will be held from 17-26 August. The Under 23 sides of Bangladesh, India, Pakistan and Sri Lanka will take part in the competition alongside national teams of Afghanistan, Nepal, Singapore and the UAE.

The Selection Committee named the following players for the above named tour.
  • Kithruwan Withanage
  • PHT Kaushal
  • Akila Dhananjaya
  • Shehan Jayasuriya
  • Niroshan Dickwella
  • Dushmantha Chameera
  • Kasun Madushanka
  • Vishwa Fernando
  • Ramith Rambukwella
  • Gayan Maneeshan
  • Pabasara Waduge
  • Imran Khan
  • Lahiru Jayaratne
  • Yashoda Lanka
  • Rumesh Buddika
  • Charith Jayampathi
  • Danushka Gunathilake
  • Udara Jayasundara

Sri Lanka Under 23 Preliminary Squad for ACC Emerging Teams Cup in Singapore 2013

Posted at 4:55 PM |  by Unknown

Sunday, July 7, 2013

सन् २०१४ को मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा हुने भनिएको विश्वकप टि-२० प्रतियोगिताको पाँचौ संस्करणका लागि छनौट हुन अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) का १६ एसोसियट/एफिलियट राष्ट्रले टि-२० वर्ल्डकप क्वालिफायरमा सहभागिता जनाउँदैछन्। यो प्रतियोगिताको आयोजनको जिम्मेवारी युएईले याएको छ। प्रतियोगिता यहि बर्षको नोभेम्वर १५ बाट हुँदैछ। यस प्रतियोगितामा सहभागि १६ मध्ये उतृकृष्ट ६ टिमले टि-२० विश्वकप २०१४ को टिकट पक्का गर्नेछन्। यस प्रतियोगितामा सहभागि राष्ट्रहरु

-आएरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-स्कटल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नेदरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-अफगानस्थान (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-क्यानाडा (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नामिबिया (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-युएई (आयोजक)
-पपुवा न्यु गिनिया (आईसिसीको ईष्ट एसिया प्यासिफिक क्षेत्रबाट छनौट भएको)
-युएसए (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-बर्मुडा (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-केन्या (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-युगाण्डा (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-हङकङ (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-नेपाल (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-बाँकी (आईसिसीको युरोप क्षेत्रबाट छनौट हुन बाँकी)
-बाँकी (आईसिसीको एसिया क्षेत्रबाट छनौट हुन बाँकी)

सन् २०१२ को यहि प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै टप ६ मा पर्न सफल भएको थियो। यस प्रतियोगितामा सहभागि देशहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह "ए" मा भएका देशहरु

  • आएरल्याण्ड
  • नामिविया
  • क्यानाडा
  • युगाण्डा
  • युएसए
  • युएई
  • हङकङ
  • युरोप क्षेत्रबाट विजेता बनेर आउने टिम
त्यसैगरि नेपाल समूह "बि"  मा रहेको छ जसमा निम्न देशहरु छन्

  • अफगानस्थान
  • नेदरल्याण्ड
  • स्कटल्याण्ड
  • केन्या
  • बर्मुडा 
  • पपुवा न्यु गिनिया
  • नेपाल
  • युरोप क्षेत्रबाट उपविजेता बनेर आउने टिम

सरसर्ति हेर्दा नेपाल कठिन समूमा परेको देखिएपनि त्यसो होईन किनभने यि समूहबाट उत्कृष्ट ५ टिम अर्को चरणमा (प्ले-अफ) प्रवेश गर्नेछन्। प्ले-अफमा समूह "ए" बाट ५ र समूह "बि" बाट ५ गरि १० टिम छानिनेछन्। प्ले-अफका उत्कृष्ट (टप) ६ राष्ट्रले सन् २०१४ मा बंगलादेशले आयोजना गर्ने भनिएको टि-२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्। 

टि-२० वर्ल्डकप क्वालिफायरमा नेपाल अफगानस्थानसँगै समूह "बि" मा

Posted at 1:46 PM |  by Unknown

Saturday, June 29, 2013

एसिसी ट्रफी क्रिकेट सन् २००० प्रतियोगिता नोभेम्वर १५ तारिखदेखि नोभेम्वर २४ सम्म युएईमा सम्पन्न भएको थियो । यो एसिसी ट्रफीको तेश्रो संस्करण थियो। यो प्रतियोगिता हङकङले फाईनलमा नेपाललाई ३ विकेटले हराउँदै जितेको थियो।

एसिसी ट्रफी सन् २००० : संक्षेपमा

आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट :  राउण्ड रोविन + नकआउट
आयोजक : युएई
विजेता : युएई (पहिलो पटक)
सहभागि देश संख्या : ८
जम्मा खेलिएको म्याच संख्या : १५/१५
म्यान अफ द सिरिज : राहुल शर्मा (हङकङ)
सबैभन्दा धेरै रन : राहुल शर्मा ( ३२३ रन, हङकङ)
सबैभन्दा धेरै विकेट : मुहम्मद ताक्विर (११ विकेट, युएई)

सहभागि देशहरु:
  1. हङकङ
  2. जापान
  3. कुवेत
  4. माल्दिभ्स
  5. मलेशिया
  6. नेपाल
  7. सिङ्गापुर
  8. युएई
८ वटा टिमलाई २ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका उत्कृष्ट २ टिम समिफाईनलमा पुगेका थिए।

यस प्रतियोगितामा सहभागि नेपाली टोलीका सदस्यहरु निम्न थिए:
मनेजर : हरुन राशिद

समूहचरणको नेपालको पहिलो खेल : युएई बिरुद्द

नेपालको समूहचरणको पहिलो खेल सन् २००० नोभेम्वर १५ मा थाईल्याण्ड विरुद्ध थियो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाएर १७९ रनमा अलआउट भएको थियो। नेपाली ईनिङमा गणेश ठकुरीले सर्वाधिक ६८ रन जोडेका थिए। जवाफमा युएईले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोला

समूहचरणको नेपालको दोश्रो खेल : जापान बिरुद्द

नेपालले समूह चरणको दोश्रो खेल १७ नोभेम्वर सन् २००० मा जापानसँग खेलको थियो जसमा नेपाल ७ विकेटले विजयी भएको थियो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रेको जापानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३३ रन बनाउन सकेको थियो। जापानी टोलीमा १३३ मा रोक्ने क्रममा बिनोद दाशले ३ विकेट लिएका थिए। १३४ रनको सामान्य लक्ष्य नेपालले मात्र २०.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो। नेपालका लागि किरण अग्रवालले अविजित ५३ रन बनाएका थिए।

समूहचरणको नेपालको तेश्रो खेल : माल्दिभ्स बिरुद्द

नेपालले समूह चरणको तेश्रो खेल १९ नोभेम्वर सन् २००० मा माल्दिभ्ससँग खेलको थियो जसमा नेपाल ५ विकेटले विजयी भएको थियो। टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफमा नेपालले ५ विकेट  गुमाउँदै ४८.५ ओभरमा लक्ष्य पूरा गरेको थियो। नेपालका लागि किरण अग्रवालले ९१ रन जोडेका थिए भने जय सर्रफले ३ विकेट लिएका थिए।

एसिसी ट्रफीमा पहिलो पटक नेपाल सेमिफाईनलमा : हङकङ बिरुद्द

एसिसी ट्रफीकै ईतिहासमा नेपाल पहिलो पटक सेमिफाईनलमा पुगेको थियो। सेमिफाईनलमा हङकङ बिरुद्द २१ नोभेम्वर सन् २०० मा खेलेको थियो जसमा नेपाल १७९ रनको बिशाल अन्तरले पराजित हुन पुगेको थियो। टस जितेर नेपालले हङकङलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। हङकङले ५० ओभरमा ३ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४ ओभरमा ८९ रन बनाउँदा अलआउट भएको थियो। नेपालका लागि राजु खड्काले सर्वाधिक १८ रन जोडेका थिए।

एसिसी ट्रफी सन् २०००

Posted at 9:11 PM |  by Unknown

Friday, June 28, 2013

एसिसी ट्रफी क्रिकेट सन् १९९८ प्रतियोगिता अक्टोवर ३ तारिखदेखि अक्टोवर १३ सम्म नेपालमा सम्पन्न भएको थियो । यस प्रतियोगिता त्रिभुवन विश्वविद्दालयको मैदान किर्तिपुर, सेन्ट जेभियर्स स्कुल ग्राउण्ड ललितपुरस्थित ईन्जिनियरिङ कलेजको मैदानमा खेलाईएको थियो। यो प्रतियोगिता बंगलादेशले फाईनलमा मलेशियालाई ८ विकेटले हराउँदै जितेको थियो। यो प्रतियोगिताको उपाधि बिजेताको हैसियतले वंगलादेश सन् १९९९ को एसियाकप क्रिकेट प्रतियोगितामा भाग लिन पाएको थियो। एसिया कप १९९९ भारत, श्रिलङ्का र पाकिस्तान र बंगलादेशले खेलेका थिए। बंगलादेशले लगातार दोश्रो पटक यो प्रतियोगिता जितेको थियो। वंगलादेशका लागि यो नै अन्तिम एसिसी ट्रफी थियो किनभने उसले सन् २००० मा टेष्ट मान्यता पाएको थियो।

एसिसी ट्रफी सन् १९९८ : संक्षेपमा

आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट :  राउण्ड रोविन + नकआउट
आयोजक : नेपाल
विजेता : बंगलादेश (दोश्रो पटक)
सहभागि देश संख्या : १०
जम्मा खेलिएको म्याच संख्या : २३
म्यान अफ द सिरिज : अमिनुल ईस्लाम (वंगलादेश)
सबैभन्दा धेरै रन : सायिद अल साफर (२३६ रन, युएई)
सबैभन्दा धेरै विकेट : अमिनुल ईस्लाम (१४ विकेट, वंगलादेश)

सहभागि देशहरु:

  1. बंगलादेश
  2. हङकङ
  3. मलेशिया
  4. जापान
  5. माल्दिभ्स
  6. नेपाल
  7. पपुवा न्यु गिनिया
  8. थाईल्याण्ड
  9. सिङ्गापुर
  10. युएई
१० वटा टिमलाई २ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका उत्कृष्ट २ टिम समिफाईनलमा पुगेका थिए।

यस प्रतियोगितामा सहभागि नेपाली टोलीका सदस्यहरु निम्न थिए:

  1. एल. बि. क्षेत्री (कप्तान)
  2. पवन अग्रवाल
  3. अशोक चौधरी
  4. राजेश चौधरी
  5. दिपेन्द्र चौधरी
  6. राजु खड्का
  7. मुशर्रफ ईजहर
  8. अरुण थापा
  9. कलाम अलि
  10. मोनिर श्रेष्ठ
  11. गणेश बहादुर शाही
  12. जय प्रकाश शरफ
  13. किरण राणा
  14. अक्रम शिद्दिक
मेनेजर: ब्रायन एल. विग्गिन्स
कोच : अरुण अर्याल

समूहचरणको नेपालको पहिलो खेल : जापान विरुद्द

नेपालको समूहचरणको पहिलो खेल जापान विरुद्ध थियो। पुल्चोक ईन्जिनियरिङ कलेजको मैदानमा तय गरिएको उक्त खेल टस अगावैदेखि बर्षाले प्रभावित हुन पुगेको थियो। अन्तत: खेल हुन नसक्दा नेपाल र जापानले १ - १ अंक बाँडेका थिए।

स्कोरकार्ड छोटकरीमा : पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्

समूहचरणको नेपालको दोश्रो खेल : थाईल्याण्ड बिरुद्द

नेपालको समूहचरणको दोश्रो खेल थाईल्याण्ड विरुद्ध थियो। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्दालयको मैदानमा तय गरिएको उक्त खेल टस अगावैदेखि बर्षाले प्रभावित हुन पुगेको थियो। अन्तत: खेल हुन नसक्दा नेपाल र थाईल्याण्डले १ - १ अंक बाँडेका थिए।

समूहचरणको नेपालको तेश्रो खेल : युएई बिरुद्द

नेपालले समूह चरणको तेश्रो खेल ८ अक्टोवर सन् १९९८ मा युएईसँग खेलको थियो जसमा नेपाल ९४ रनले पराजित भएको थियो। युएईले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२२ रन बनाएको थियो। २२३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ३८.१ ओभरमै १२८ रन बनाएर अलआउट भएको थियो।

छोटकरी स्कोरकार्ड: पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्

समूहचरणको नेपालको चौथो खेल : हङकङ बिरुद्द

नेपालले समूह चरणको चौथो खेल ९ अक्टोवर सन् १९९८ मा हङकङसँग खेलको थियो जसमा नेपाल ६ विकेटले पराजित भएको थियो। नेपालले ३८ ओभरमा सबै विकेट गुमाएर १५० रन बनाएको थियो। उक्त लक्ष्य हङकङले  ४ विकेट गुमाएर २८.१ ओभरमा पुरा गरेको थियो।

एसिसी ट्रफी सन् १९९८

Posted at 12:19 PM |  by Unknown

Thursday, June 27, 2013

एसिसी ट्रफी क्रिकेट सन् १९९६ प्रतियोगिता सेप्टेम्वर ६ तारिखदेखि सेम्टेम्वर १६ सम्म मलेसियामा सम्पन्न भएको थियो । यो प्रतियोगिता बंगलादेशले फाईनलमा युएईलाई १०८ रनले हराउँदै जितेको थियो।

एसिसी ट्रफी सन् १९९६ : संक्षेपमा

आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट :  राउण्ड रोविन + नकआउट
आयोजक : मलेसिया
विजेता : बंगलादेश (पहिलो पटक)
सहभागि देश संख्या : १२
जम्मा खेलिएको म्याच संख्या : ३३
सबैभन्दा धेरै रन : साहरियर होस्यैन (३०० रन, बंगलादेश)
सबैभन्दा धेरै विकेट : अजर साहिद (१४ विकट, युएई)

सहभागि देशहरु:

  1. बंगलादेश
  2. युएई
  3. मलेशिया
  4. ब्रुनेई
  5. माल्दिभ्स
  6. माल्दिभ्स
  7. पपुवा न्यु गिनिया
  8. हङकङ
  9. सिङ्गापुर
  10. जापान
  11. थाईल्याण्ड
  12. नेपाल
१२ वटा टिमलाई २ समूहमा विभाजन गरिएको थियो।

यस प्रतियोगितामा नेपाली टोलीमा संग्लग्न खेलाडीहरु :

  1. मनिश पाण्डे
  2. एल. बी. क्षेत्री
  3. किरण राना
  4. राजु खड्का
  5. बसन्त शाहि 
  6. पवन अग्रवाल
  7. मुशर्रफ ईजहर
  8. गणेश शाहि
  9. सन्जय गुरुङ 
  10. उत्तम कर्माचार्य (कप्तान)
  11. ?? मुशर्रफ
  12. जगत टमाटा
  13. सन्जय गुरुङ
  14. रितेश बराल
  15. पुकार पन्त
  16. बिशाल गुप्ता

नेपालले आफ्नो समूहको पहिलो खेल बंगलादेशसँग खेलेको थियो। यो नै टिम नेपालको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो। यस खेलमा बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। जितका लागि २१४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको स्थिति ९०/५ (ओभर ३९.५) हुँदा बर्षाले खेल स्थगित हुँदा रनरेटका आधारमा बंगलादेश विजयी भएको थियो।

स्कोरकार्ड छोटकरीमा :

नेपालले समूह चरणको आफ्नो दोश्रो खेल ७ सेप्टेम्वर सन् १९९६ मा जापानसँग खेलको थियो जसमा नेपाल ८ विकेटले विजयी भएको थियो।

छोटकरी स्कोरकार्ड:

नेपालले समूह चरणको तेश्रो खेल ८ सेप्टेम्वर सन् १९९६ मा फिजीसँग खेलको थियो जसमा नेपाल १२३ रनले पराजित भएको थियो। फिजीले ५० ओभरमा ७ विकेट गुमाएर २५७ रन बनाएको थियो। २५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.२ ओभरमै अलआउट भएको थियो।

छोटकरी स्कोरकार्ड:

नेपालले समूह चरणको चौथो खेल ११ सेप्टेम्वर सन् १९९६ मा ब्रुनाईसँग खेलको थियो जसमा नेपाल ६४ रनले विजयी भएको थियो। नेपाल ४५ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो। १७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रुनाई ३० ओभरमै अलआउट भएर मात्र ९३ रन जोड्न सफल भएको थियो।

छोटकरी स्कोरकार्ड:

नेपालले समूह चरणको पाचौँ अर्थात् अन्तिम खेल १२ सेप्टेम्वर सन् १९९६ मा हङकङसँग खेलेको थियो जसमा नेपाल ६ विकेटले पराजित भएको थियो। नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रन बनाउन सफल भएको थियो। १३८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हङकङले ३३.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो।

छोटकरी स्कोरकार्ड:

एसिसी ट्रफी सन् १९९६

Posted at 6:55 PM |  by Unknown

Wednesday, June 26, 2013

हाम्रा भविष्यका क्रिकट स्टारहरुलाई चिनिराख्नुस्

यि खेलाडीहरु गत सिजनको राष्ट्रिय अण्डर १६ क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै एसीसि अण्डर १६ एलिट कपको लागि छनौटमा परेका खेलाडी हुन:

१) दिपेन्द्र चन्द -कप्तान (क्षेत्र नम्बर ६ बैतडी)
२) रुपेश वास्तोला (क्षेत्र नम्बर ४ भैरहवा)
३) कालीचरण यादव (क्षेत्र नम्बर १ बिराटनगर)
४) रविन गुप्ता (क्षेत्र नम्बर ७ जनकपुर)
५) आकाश विष्ट (क्षेत्र नम्बर ५ नेपालगन्ज)
६) अदिल खान - उपकप्तान (क्षेत्र न. ३ काठमाण्डौ)
७) असिफ सेख (क्षेत्र नम्बर २ बिरगंज)
८) मुकुन्द यादव (क्षेत्र नम्बर १ बिराटनगर)
९) शशि भुषण मिश्र (क्षेत्र नम्बर ७ जनकपुर)
१०) अनुप न्यौपाने (क्षेत्र नम्बर ५ नेपालगन्ज)
११) अल्फाज मन्सुरी (क्षेत्र नम्बर २ बिरगंज)
१२) नुर ध्वज सेन (क्षेत्र नम्बर ४ भैरहवा)
१३) जगदिश चन्द (क्षेत्र नम्बर ६ बैतडी)
१४) कुशल भुर्तेल (क्षेत्र नम्बर ४ भैरहवा)

बैकल्पिक:
हेमान राई (क्षेत्र नम्बर १ बिराटनगर)
अजय साहानी (क्षेत्र नम्बर ५ नेपालगन्ज)
नितेश ठाकुर (क्षेत्र नम्बर २ बिरगंज)
लोकेस झा (क्षेत्र नम्बर १ बिराटनगर)

(Photo: ACC)

भविष्यका क्रिकेट स्टार

Posted at 3:24 PM |  by Unknown

Saturday, February 2, 2013

सन् २०१४ मा दक्षिण एसियाली मुलुक बंगलादेशले आयोजना गर्ने ट्वान्टी-२० बिश्वकप क्रिकेटको सुरूवाति ढोकाको रूपमा रहेको एसीसी टी-२० कप २०१३ यहि चैत्र १३ गतेदेखि २१ गतेसम्म नेपालमा हुँदैछ। यो प्रतियोगिता नेपालका लागि दुई कारणले एकदमै महत्वपूर्ण मानिएको छ। पहिलो कारण, बिगतमा नेपालमा आयोजना भएका प्रतियोगितामा नेपाली दर्शकले देखाएको असभ्य व्यवहार (ग्राउण्डमा ढुङ्गामुढा गर्ने) का कारण अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा धमिल्यीएको आफ्नो छविलाई यो प्रतियोगिताको सफल आयोजना गर्दै सङ्गल्याउने तथा दोश्रो, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१३ को आइसीसी टी-२० वर्ल्ड कप क्वालीफाएरका लागि छनैाट हुने।
यो प्रतियोगितालाइ सन् २०१४ को ट्वान्टी-२० बिश्वकपको पहिलो खुड्किलोको रूपमा लिन सकिन्छ किनभने यस प्रतियोगिताबाट अफगानस्थान सहित अन्य २ उत्कृष्ट टोली सन् २०१३ को नोभेम्वरमा  युएइमा आयोजना हुने आइसीसी टी-२० क्वालीफाएरका लागि छनैाट हुन्छन्। यस प्रतियोगितामा सहभागिता जनाउने अफगानस्थान भने आइसीसी बाट एकदिवसीय योग्यता प्राप्त राष्ट्र भएकाले स्वतः क्वालीफाएरमा छनैाट भइसकेको छ।
यदि यस प्रतियोगिता पार गर्न सकेको खण्डमा हामी आइसीसी टी-२० क्वालीफाएर प्रतियोगितामा पुग्नेछैाँ। यस क्वालीफाएरमा जम्मा १६ टिम सहभागी हुनेछन्, जसमा ६ वटा आइसीसीका एसोसियट तथा एफिलिएट देश जसले एकदिवसीय योग्यता पाएका छन् तिनिहरू स्वतः यस प्रतियोगितामा प्रवेश गरिसकेका छन्र। प्रतियोगितामा स्वतः प्रवेश गरिसकेका देशहरू:
  • अफगानस्थान
  • क्यानाडा
  • आएरल्याण्ड
  • केन्या
  • नेदरल्याण्ड
  • स्कटल्याण्ड

१६ देशले सहभागि जनाउने आइसीसी टी-२० क्वालीफाएर प्रतियोगिताको बाँकी १० स्थान भने आइसीसीको ५ वटा क्षेत्रहरूमा आयोजना भइरहेका/हुने प्रतियोगिताबाट छनैाट भई आउने देशहरूले भर्नेछन्।  आइसीसीको ५ वटा क्षेत्रहरू निम्न छन्:
  1. एसिया
  2. अफ्रिका
  3. अमेरिका
  4. यूरोप
  5. इष्ट एसिया प्यासेफिक

माथिका पाँचवटै क्षेत्रहरूले आ-आफ्नो क्षेत्रमा प्रतियोगिता सन्चालन गरि छनैाट भएका देशहरूलाई टी-२० क्वालीफाएरका लागि पठाउनेछन्। यसरी छनैाट हुँदा एसिया क्षेत्रबाट ३ राष्ट्र, अफ्रिकाबाट २, अमेरिकाबाट २, यूरोपबाट २, तथा इष्ट एसिया प्यासेफिकबाट १ राष्ट्र छनैाट हुनेछन्।  एसिया क्षेत्रबाट ३ राष्ट्र टी-२० क्वालीफाएरका लागि छनैाट गर्ने प्रतियोगिता नै यहि चैत १३ गतेबाट नेपालमा हुने भनिएको एसीसी टी-२० कप हो।
यसरी हेर्दा सन् २०१४ मा बंगलादेशमा हुने टी-२० वर्ल्ड कप खेल्न पार गर्नुपर्ने पहिलो प्रतियोगिता भएकाले यसको महत्व धेरै छ। यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न पाउनु नेपालको लागि ठूलो गैारवको कुरा हो। तर बिडम्बना मान्नु पर्छ बिगतमा नेपालले आयोजना गरेका प्रतियोगितामा नेपाली दर्शकहरूले देखाएको ब्यवहार एकदमै लाजमर्दो थियो।
सन् २०१० फेब्रुअरी २६ का दिन टि यु ग्राउण्डमा भएको आइसीसी डिभिजन पाँच प्रतियोगिताको नेपाल र युएसए बिचको खेलमा आफ्नो देशले हार्ने स्थिति भएपछि आक्रोषित दर्शकहरूले खेलमैदानमै ढुङ्गामुढा गरेका थिए। नेपालले युएसए बिरूद्ध प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याउने क्रममा युएसए ३२  ओभरमा १५०।५ को स्थितीमा थियो। नेपालले खेल लगभग हार्ने तथा हारसँगै डिभिजन ४ मा उक्लिने सम्भावना समाप्त हुने भएपछि हजारैाँको संख्यामा खेल मैदानमा उपस्थित दर्शकहरूले ढुङ्गा, पानीका बोतल मैदानमा फाल्दै खेल अवरूद्ध पारेका थिए। लगभग ४८ मिनेटपछि स्थिति समान्य बन्दै गएपछि खेल पुन सुचारू भयो तर युएसए ले जितका लागि नयाँ लक्ष्य पायो। Duckworth-Leuis Method अनुसार युएसए को नयाँ लक्ष्य ४६  ओभरमा १५७ रनको दिइयो। युएसए ले उक्त लक्ष पूरा गरि खेल जित्यो। अंकतालिकामा अब नेपाल र सिङ्गापुरको समान ८ अंक भयो। नेपाल रनरेट मा 0.004 ले मात्र अगाडि थियो। दर्शकले ढुङ्गामुढा गरि खेल अवरूद्ध पार्दा त्यसको असर सिङ्गापुरलाइ पर्न गयो। यदि युएसए ले पुरानै लक्ष्य (१६३ रन) पूरा गरि खेल जितेको भए सिङ्गापुरको रन रेट नेपालको भन्दा बढि भइ सिङ्गापुर चैाथो डिभिजनमा बढुवा हुन्थ्यो। पछि यो घटनालाइ सिङ्गापुरले  आइसीसी सम्म पुर्यायो।  आइसीसीले पनि यो घटनाको अध्यन गर्यो। फैसला नेपालकै पक्षमा भयो अर्थात् सिङ्गापुर डिभिजन ५ मै रहनुपर्यो भने नेपाल समूह उपबिजेता बन्दै डिभिजन ४ मा बढुवा भयो। 

त्यस्तै प्रकृतिको अर्को घटना सन् २०११ को एसीसी टी-२० मा घट्न पुग्यो। अफगानस्थानसँगको खेलमा आफ्नो देशले खराब प्रदर्शन गरेपछि खेल हेर्न आएका दर्शकहरूले पुरानै रबैया देखाउँदै खेलमैदानमै ढुङ्गामुढा गरेका थिए। यसपटक पनि केहि समय खेल अवरूद्ध हुन पुगेको थियो। पछि सुरक्षाकर्मीले स्थितीलाई सामान्य बनाएपछि खेल पुनः सन्चालन भएको थियो।
यि घटनाहरूलाई नजरअन्दाज गर्दा के बुझ्न सकिन्छ भने खेलमा हार जित हुने यतार्थलाई स्विकार गर्न नेपाली दर्शक हिच्किचाउने गरेको पाइन्छ। भलाद्मिहरूको खेलको रूपमा लिइने क्रिकेटका दर्शकमा यस्तो खराब सँस्कृति मैालाउनु पक्कै पनि राम्रो होइन। खेलमा हार जित हुने गर्दछ यसलाई स्भाविक रूपमा लिनुपर्दछ भन्ने मेरो मान्यता हो।  बिगतमा हामीले देखाएको असभ्य हरकतले गर्दा आइसीसी र एसीसी का कति प्रतियोगिताहरू सन्चालन गर्ने अवसरबाट नेपाल बन्चित हुन पर्यो। त्यस्ता क्रियाकलापले अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा नेपालको छवि धमिल्याउने काम गर्यो। बर्मुडाले आयोजना गर्ने सन् २०१३ को डिभिजन-३ प्रतियोगिता नेपालले पाउने प्रबल सम्भावना गुम्नु पनि हामी दर्शकहरूले देखाएको असभ्य ब्यवहारकै  उपज हो।

अब फेरि एकपटक एसीसीले नेपालमाथि बिस्वास गर्दै  एसीसी टी-२० प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ। यस्तो स्थितीमा हामिले पाएको यो जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न नसकेको खण्डमा फेरि पनि हामीले कयैाँ एसीसी र आइसीसीका प्रतियोगिता आयोजना गर्ने अवसरबाट बन्चित हुनुपर्नेछ। तसर्थ यहि चैत्र १३ गतेदेखि काठमाण्डैामा हुन गइरहेको एसीसी टि-२० कप प्रतियोगितालाई भव्यताका साथ सफल पार्नु हामी सम्पूर्णको दायित्व हुन आउँछ। त्यसैले यो प्रतियोगिताको  सफल आयोजना गर्दै अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा बिग्रिएको आफ्नो छबि सुधार्ने मैाकाको सदुपयोग गरि एसीसी र आइसीसीको मन जित्न सकेको खण्डमा भविष्यमा नेपालले  यो भन्दा पनि ठूला र महत्वका प्रतियागिताहरू आयोजनाहरू सन्चालन गर्ने अवसर पाउन सक्छ।  तसर्थ म एक नेपाली क्रिकेट दर्शक तथा नेपाली क्रिकेटको विकास र प्रबर्धनका लागि सँधै अग्रसर रहने सम्पूर्ण नेपाली फ्यानहरूकै साझा संस्था नेपाली क्रिकेट फ्यान क्लबको उपाध्यक्षका हैसियतले यो प्रतियोगिता सफल पार्न आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण नेपालीहरूमा अपिल गर्दछु।

जय नेपाल, जय नेपाली क्रिकेट !!!

(लेखक नेपाली क्रिकेट फ्यान क्लवका उपाध्यक्ष हुन्, लेखकलाई ट्वीटरमा फलो गर्न यहाँ क्लिकिनुहोस्)

सम्पूर्ण नेपाली क्रिकेट फ्यानहरूलाई मेरो अपिल

Posted at 10:59 AM |  by Unknown

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top