Sunday, July 7, 2013

टि-२० वर्ल्डकप क्वालिफायरमा नेपाल अफगानस्थानसँगै समूह "बि" मा

Posted by Unknown  |  at  1:46 PM No comments

सन् २०१४ को मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा हुने भनिएको विश्वकप टि-२० प्रतियोगिताको पाँचौ संस्करणका लागि छनौट हुन अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) का १६ एसोसियट/एफिलियट राष्ट्रले टि-२० वर्ल्डकप क्वालिफायरमा सहभागिता जनाउँदैछन्। यो प्रतियोगिताको आयोजनको जिम्मेवारी युएईले याएको छ। प्रतियोगिता यहि बर्षको नोभेम्वर १५ बाट हुँदैछ। यस प्रतियोगितामा सहभागि १६ मध्ये उतृकृष्ट ६ टिमले टि-२० विश्वकप २०१४ को टिकट पक्का गर्नेछन्। यस प्रतियोगितामा सहभागि राष्ट्रहरु

-आएरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-स्कटल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नेदरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-अफगानस्थान (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-क्यानाडा (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नामिबिया (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-युएई (आयोजक)
-पपुवा न्यु गिनिया (आईसिसीको ईष्ट एसिया प्यासिफिक क्षेत्रबाट छनौट भएको)
-युएसए (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-बर्मुडा (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-केन्या (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-युगाण्डा (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-हङकङ (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-नेपाल (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-बाँकी (आईसिसीको युरोप क्षेत्रबाट छनौट हुन बाँकी)
-बाँकी (आईसिसीको एसिया क्षेत्रबाट छनौट हुन बाँकी)

सन् २०१२ को यहि प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै टप ६ मा पर्न सफल भएको थियो। यस प्रतियोगितामा सहभागि देशहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह "ए" मा भएका देशहरु

  • आएरल्याण्ड
  • नामिविया
  • क्यानाडा
  • युगाण्डा
  • युएसए
  • युएई
  • हङकङ
  • युरोप क्षेत्रबाट विजेता बनेर आउने टिम
त्यसैगरि नेपाल समूह "बि"  मा रहेको छ जसमा निम्न देशहरु छन्

  • अफगानस्थान
  • नेदरल्याण्ड
  • स्कटल्याण्ड
  • केन्या
  • बर्मुडा 
  • पपुवा न्यु गिनिया
  • नेपाल
  • युरोप क्षेत्रबाट उपविजेता बनेर आउने टिम

सरसर्ति हेर्दा नेपाल कठिन समूमा परेको देखिएपनि त्यसो होईन किनभने यि समूहबाट उत्कृष्ट ५ टिम अर्को चरणमा (प्ले-अफ) प्रवेश गर्नेछन्। प्ले-अफमा समूह "ए" बाट ५ र समूह "बि" बाट ५ गरि १० टिम छानिनेछन्। प्ले-अफका उत्कृष्ट (टप) ६ राष्ट्रले सन् २०१४ मा बंगलादेशले आयोजना गर्ने भनिएको टि-२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्। 

लेखकको बारेमा

सन्तोष न्यौपाने
मोवाईल : ९८४११४२३०६

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top