सबै लेखहरु

Saturday, February 2, 2013

सन् २०१४ मा दक्षिण एसियाली मुलुक बंगलादेशले आयोजना गर्ने ट्वान्टी-२० बिश्वकप क्रिकेटको सुरूवाति ढोकाको रूपमा रहेको एसीसी टी-२० कप २०१३ यहि चैत्र १३ गतेदेखि २१ गतेसम्म नेपालमा हुँदैछ। यो प्रतियोगिता नेपालका लागि दुई कारणले एकदमै महत्वपूर्ण मानिएको छ। पहिलो कारण, बिगतमा नेपालमा आयोजना भएका प्रतियोगितामा नेपाली दर्शकले देखाएको असभ्य व्यवहार (ग्राउण्डमा ढुङ्गामुढा गर्ने) का कारण अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा धमिल्यीएको आफ्नो छविलाई यो प्रतियोगिताको सफल आयोजना गर्दै सङ्गल्याउने तथा दोश्रो, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१३ को आइसीसी टी-२० वर्ल्ड कप क्वालीफाएरका लागि छनैाट हुने।
यो प्रतियोगितालाइ सन् २०१४ को ट्वान्टी-२० बिश्वकपको पहिलो खुड्किलोको रूपमा लिन सकिन्छ किनभने यस प्रतियोगिताबाट अफगानस्थान सहित अन्य २ उत्कृष्ट टोली सन् २०१३ को नोभेम्वरमा  युएइमा आयोजना हुने आइसीसी टी-२० क्वालीफाएरका लागि छनैाट हुन्छन्। यस प्रतियोगितामा सहभागिता जनाउने अफगानस्थान भने आइसीसी बाट एकदिवसीय योग्यता प्राप्त राष्ट्र भएकाले स्वतः क्वालीफाएरमा छनैाट भइसकेको छ।
यदि यस प्रतियोगिता पार गर्न सकेको खण्डमा हामी आइसीसी टी-२० क्वालीफाएर प्रतियोगितामा पुग्नेछैाँ। यस क्वालीफाएरमा जम्मा १६ टिम सहभागी हुनेछन्, जसमा ६ वटा आइसीसीका एसोसियट तथा एफिलिएट देश जसले एकदिवसीय योग्यता पाएका छन् तिनिहरू स्वतः यस प्रतियोगितामा प्रवेश गरिसकेका छन्र। प्रतियोगितामा स्वतः प्रवेश गरिसकेका देशहरू:
  • अफगानस्थान
  • क्यानाडा
  • आएरल्याण्ड
  • केन्या
  • नेदरल्याण्ड
  • स्कटल्याण्ड

१६ देशले सहभागि जनाउने आइसीसी टी-२० क्वालीफाएर प्रतियोगिताको बाँकी १० स्थान भने आइसीसीको ५ वटा क्षेत्रहरूमा आयोजना भइरहेका/हुने प्रतियोगिताबाट छनैाट भई आउने देशहरूले भर्नेछन्।  आइसीसीको ५ वटा क्षेत्रहरू निम्न छन्:
  1. एसिया
  2. अफ्रिका
  3. अमेरिका
  4. यूरोप
  5. इष्ट एसिया प्यासेफिक

माथिका पाँचवटै क्षेत्रहरूले आ-आफ्नो क्षेत्रमा प्रतियोगिता सन्चालन गरि छनैाट भएका देशहरूलाई टी-२० क्वालीफाएरका लागि पठाउनेछन्। यसरी छनैाट हुँदा एसिया क्षेत्रबाट ३ राष्ट्र, अफ्रिकाबाट २, अमेरिकाबाट २, यूरोपबाट २, तथा इष्ट एसिया प्यासेफिकबाट १ राष्ट्र छनैाट हुनेछन्।  एसिया क्षेत्रबाट ३ राष्ट्र टी-२० क्वालीफाएरका लागि छनैाट गर्ने प्रतियोगिता नै यहि चैत १३ गतेबाट नेपालमा हुने भनिएको एसीसी टी-२० कप हो।
यसरी हेर्दा सन् २०१४ मा बंगलादेशमा हुने टी-२० वर्ल्ड कप खेल्न पार गर्नुपर्ने पहिलो प्रतियोगिता भएकाले यसको महत्व धेरै छ। यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न पाउनु नेपालको लागि ठूलो गैारवको कुरा हो। तर बिडम्बना मान्नु पर्छ बिगतमा नेपालले आयोजना गरेका प्रतियोगितामा नेपाली दर्शकहरूले देखाएको ब्यवहार एकदमै लाजमर्दो थियो।
सन् २०१० फेब्रुअरी २६ का दिन टि यु ग्राउण्डमा भएको आइसीसी डिभिजन पाँच प्रतियोगिताको नेपाल र युएसए बिचको खेलमा आफ्नो देशले हार्ने स्थिति भएपछि आक्रोषित दर्शकहरूले खेलमैदानमै ढुङ्गामुढा गरेका थिए। नेपालले युएसए बिरूद्ध प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याउने क्रममा युएसए ३२  ओभरमा १५०।५ को स्थितीमा थियो। नेपालले खेल लगभग हार्ने तथा हारसँगै डिभिजन ४ मा उक्लिने सम्भावना समाप्त हुने भएपछि हजारैाँको संख्यामा खेल मैदानमा उपस्थित दर्शकहरूले ढुङ्गा, पानीका बोतल मैदानमा फाल्दै खेल अवरूद्ध पारेका थिए। लगभग ४८ मिनेटपछि स्थिति समान्य बन्दै गएपछि खेल पुन सुचारू भयो तर युएसए ले जितका लागि नयाँ लक्ष्य पायो। Duckworth-Leuis Method अनुसार युएसए को नयाँ लक्ष्य ४६  ओभरमा १५७ रनको दिइयो। युएसए ले उक्त लक्ष पूरा गरि खेल जित्यो। अंकतालिकामा अब नेपाल र सिङ्गापुरको समान ८ अंक भयो। नेपाल रनरेट मा 0.004 ले मात्र अगाडि थियो। दर्शकले ढुङ्गामुढा गरि खेल अवरूद्ध पार्दा त्यसको असर सिङ्गापुरलाइ पर्न गयो। यदि युएसए ले पुरानै लक्ष्य (१६३ रन) पूरा गरि खेल जितेको भए सिङ्गापुरको रन रेट नेपालको भन्दा बढि भइ सिङ्गापुर चैाथो डिभिजनमा बढुवा हुन्थ्यो। पछि यो घटनालाइ सिङ्गापुरले  आइसीसी सम्म पुर्यायो।  आइसीसीले पनि यो घटनाको अध्यन गर्यो। फैसला नेपालकै पक्षमा भयो अर्थात् सिङ्गापुर डिभिजन ५ मै रहनुपर्यो भने नेपाल समूह उपबिजेता बन्दै डिभिजन ४ मा बढुवा भयो। 

त्यस्तै प्रकृतिको अर्को घटना सन् २०११ को एसीसी टी-२० मा घट्न पुग्यो। अफगानस्थानसँगको खेलमा आफ्नो देशले खराब प्रदर्शन गरेपछि खेल हेर्न आएका दर्शकहरूले पुरानै रबैया देखाउँदै खेलमैदानमै ढुङ्गामुढा गरेका थिए। यसपटक पनि केहि समय खेल अवरूद्ध हुन पुगेको थियो। पछि सुरक्षाकर्मीले स्थितीलाई सामान्य बनाएपछि खेल पुनः सन्चालन भएको थियो।
यि घटनाहरूलाई नजरअन्दाज गर्दा के बुझ्न सकिन्छ भने खेलमा हार जित हुने यतार्थलाई स्विकार गर्न नेपाली दर्शक हिच्किचाउने गरेको पाइन्छ। भलाद्मिहरूको खेलको रूपमा लिइने क्रिकेटका दर्शकमा यस्तो खराब सँस्कृति मैालाउनु पक्कै पनि राम्रो होइन। खेलमा हार जित हुने गर्दछ यसलाई स्भाविक रूपमा लिनुपर्दछ भन्ने मेरो मान्यता हो।  बिगतमा हामीले देखाएको असभ्य हरकतले गर्दा आइसीसी र एसीसी का कति प्रतियोगिताहरू सन्चालन गर्ने अवसरबाट नेपाल बन्चित हुन पर्यो। त्यस्ता क्रियाकलापले अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा नेपालको छवि धमिल्याउने काम गर्यो। बर्मुडाले आयोजना गर्ने सन् २०१३ को डिभिजन-३ प्रतियोगिता नेपालले पाउने प्रबल सम्भावना गुम्नु पनि हामी दर्शकहरूले देखाएको असभ्य ब्यवहारकै  उपज हो।

अब फेरि एकपटक एसीसीले नेपालमाथि बिस्वास गर्दै  एसीसी टी-२० प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ। यस्तो स्थितीमा हामिले पाएको यो जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न नसकेको खण्डमा फेरि पनि हामीले कयैाँ एसीसी र आइसीसीका प्रतियोगिता आयोजना गर्ने अवसरबाट बन्चित हुनुपर्नेछ। तसर्थ यहि चैत्र १३ गतेदेखि काठमाण्डैामा हुन गइरहेको एसीसी टि-२० कप प्रतियोगितालाई भव्यताका साथ सफल पार्नु हामी सम्पूर्णको दायित्व हुन आउँछ। त्यसैले यो प्रतियोगिताको  सफल आयोजना गर्दै अन्तराष्ट्रिय क्रिकेटको क्षेत्रमा बिग्रिएको आफ्नो छबि सुधार्ने मैाकाको सदुपयोग गरि एसीसी र आइसीसीको मन जित्न सकेको खण्डमा भविष्यमा नेपालले  यो भन्दा पनि ठूला र महत्वका प्रतियागिताहरू आयोजनाहरू सन्चालन गर्ने अवसर पाउन सक्छ।  तसर्थ म एक नेपाली क्रिकेट दर्शक तथा नेपाली क्रिकेटको विकास र प्रबर्धनका लागि सँधै अग्रसर रहने सम्पूर्ण नेपाली फ्यानहरूकै साझा संस्था नेपाली क्रिकेट फ्यान क्लबको उपाध्यक्षका हैसियतले यो प्रतियोगिता सफल पार्न आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण नेपालीहरूमा अपिल गर्दछु।

जय नेपाल, जय नेपाली क्रिकेट !!!

(लेखक नेपाली क्रिकेट फ्यान क्लवका उपाध्यक्ष हुन्, लेखकलाई ट्वीटरमा फलो गर्न यहाँ क्लिकिनुहोस्)

सम्पूर्ण नेपाली क्रिकेट फ्यानहरूलाई मेरो अपिल

Posted at 10:59 AM |  by Unknown

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top